TShirt Manufacturer, Tshirt Print, Track-suit Manufacturer, Jacket Manufacturer, Men, Woman Tshirt, Tracksuit, Jacket Kathmandu Nepal Tshirt Nepal, Tshirt Print Nepal, Cotton Tshirt Nepal, Round Neck Tshirt Nepal, 100% Cotton Tshirt Nepal
| Home Our Product List | Discount & Offer | Facebook | Twitter | Our Clients | Legal Certificate | Contact | Location Map |

पूर्व माओवादी नेता चोरीको गाडीसहित भारतमा पक्राउ

माघ ३, २०७२- भारतीय प्रहरीले चोरीको गाडी र गाजासहित एक नेपालीलाई पानीट्यांकीवाट पक्राउ गरेको छ ।
नेपाल–भारत सीमाको पानीट्यांकीस्थित एक होटलवाट मोरङ उर्लावारीको सुसन भनिने राजेश्वर लिम्वुलाई शनिवार साँझ पक्राउ गरिएको खोरीवारी प्रहरी कार्यालयले जनाएको छ । लिम्वुको साथवाट करिव एक किलो गाँजा, नेपाल नम्वरको चोरीको मोटरसाइकल र वोलेरो जिप पनि वरामद गरिएको छ ।

अभियुक्त माओवादीका पूर्व नेता  रहेको र उनको लिम्वुको अन्र्तराष्ट्रिय तस्कर गिरोहसँग साठगाठ गरेको भारतीय प्रहरीको दावी छ । नेपालका विभिन्न प्रहरी कार्यालयमा उनका दर्जनौ मुद्दा दर्ता छन् । केही समय अघि उनी जेल समेत बसेका थिए ।
दार्जिलिङ प्रहरीका एसपी अमित पी जावल्गीले लागू औषध, हतियार  कारोवार र मानव अपरहण जस्ता अपराध कर्ममा लिम्वुको संलग्नता पुष्टि भएको बताए । लिम्वुलाई चार दिनका लागि प्रहरी हिरासतमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी श्यामकृष्ण अधिकारीले लिम्वु पक्राउबारे भारतीय प्रहरीले जानकारी गराएको बताए । अधिकारीका अनुसार उनी केही दिन अघि एउटा अपहरण घटनामा समेत संलग्न भएका थिए ।
- पर्वत पोर्तेल , काँकडभिट्टा
From: http://kantipur.ekantipur.com/news/2016-01-17/20160117092818.html