TShirt Manufacturer, Tshirt Print, Track-suit Manufacturer, Jacket Manufacturer, Men, Woman Tshirt, Tracksuit, Jacket Kathmandu Nepal Tshirt Nepal, Tshirt Print Nepal, Cotton Tshirt Nepal, Round Neck Tshirt Nepal, 100% Cotton Tshirt Nepal
| Home Our Product List | Discount & Offer | Facebook | Twitter | Our Clients | Legal Certificate | Contact | Location Map |

भारतीय आयल कर्पोरेशनले झुक्क्यायो नेपाल आयल निगमलाई



नाकाबन्दी सुरु भएदेखि भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई बारम्बार झुक्क्याइरहेको छ। नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार भारतीय आयल कर्पोरेशनका प्रतिनिधिले आफूहरूलाई झुक्याएको  बताए। ‘भारतीय आयल कर्पोरेशनका प्रतिनिधिले आफूहरूलाई आवश्यक पर्ने इन्धन बोक्ने गाडी पठाऊ भनेका थिए। तर लोडिङ गर्ने समयमा भोलि-भोलि भन्दै आलटाल गर्ने गरेका छन्,’ उनले भने।

‘पछिल्लो पटक फेरि भारतीय आयल कर्पोरेशनले ग्यास बुलेट पठाऊ, लोडिङ गरिदिन्छौं भनेर बोलाए तर लोडिङ गर्न आलटाल गरे,’ घिमिरेले बताए।

कर्पोरेशनका प्रतिनिधिले पछिल्लो पटक नेपाल आयल निगमलाई आवश्यक पर्ने ग्यास आयत गर्ने बुलेट बरूणी र हल्दीया पठाउन आग्रह गरेपनि त्यहाँ पुगेका बुलेटमा ग्यास लोडिङ नगरिदिएको निगमले जनाएको छ।

यसैक्रममा बुलेट व्यवस्थापन गर्न भनेर नेपाल आयल निगमका निर्देशक मुकुन्द घिमिरे हालै भारत भम्रणमा गएका थिए। भारतीय आयल निगमको आग्रह बमोजिम भारतीय ट्रान्सर्पोट कम्पनीहरुसँग छलफल गरी बुलेटको व्यवस्थापन गरी ग्यास लोडिङका लागि पम्पमा पुर्‍याएपनि लोडिङ नभएको घिमिरेले  बताए। ग्यास बुलेट लोडिङका लागि पुगेपछि उताका प्रतिनिधिले अहिले प्रोडक्सन सकियो भोलि लोडिङ गरिरदिन्छौँ भन्दै आलटाल गरिरहेको घिमिरेले बताए।

नेपालबाट अहिले दैनिक ३० देखि ३५ वटासम्म बुलेट ग्यास लोडिङका लागि बरुणी र हल्दीया पुगेपनि मुस्किलले १५ वटा मात्र भर्ने गरेको घिमिरेले बताए। सामान्य अवस्थामा यी दुईवटा ठाउँबाट दैनिक ४० देखि ४५ वटासम्म ग्यास बुलेट लाडिङ भएर नेपाल आउने गरेका छन्।

त्यस्तै मथुराबाट दैनिक अहिले ५ वटा ग्यास बुलेट लोडिङ भएर नेपाल आइरहेको घिमिरेले बताए। सामान्य अवस्थामा दैनिक ५५ देखि ६० वटा ग्यास बुलेट नेपाल आउने गरेकोमा अहिले ३३ प्रतिशत पनि आउन नसकेका कारण चरम अवाभ भइरहको उनले दाबी गरे।
From: http://kinmel.setopati.com/anya/32636/