TShirt Manufacturer, Tshirt Print, Track-suit Manufacturer, Jacket Manufacturer, Men, Woman Tshirt, Tracksuit, Jacket Kathmandu Nepal Tshirt Nepal, Tshirt Print Nepal, Cotton Tshirt Nepal, Round Neck Tshirt Nepal, 100% Cotton Tshirt Nepal
| Home Our Product List | Discount & Offer | Facebook | Twitter | Our Clients | Legal Certificate | Contact | Location Map |

चौधरी ग्रुपको बिस्कुट नकिन्न अदालतको आदेश

काठमाडौं–पुनरावेदन अदालत पाटनले चौधरी गुप्रले उत्पादन गरेको पशुपति बिस्कुट नकिन्न नेपाली सेना र सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। अपारदर्शी रुपमा एकलौटी ठेक्का हात पार्दै चौधरी गुप्रले सेनालाई बिस्कुट दिन लागेको भन्दै पुनरावेदन रोक लगाएको हो।

नेपाली सेनाले चौधरी गुरुपको पशुपति विस्कुट उद्योगसँग 'हाई इनर्जी' बिस्कुट किन्ने सम्झौता हालै गरेको थियो। मार्क सप्लायर्स भन्ने बिस्कुट कम्पनीका सञ्चालक पेम्बा शेर्पाले सेना र चौधरी गुप्रको पशुपति बिस्कुट इण्डस्ट्रिज प्रालिको सम्झौता विरुद्ध पुनरावेदन अदालत पाटनमा रिट दर्ता गराएका थिए। उक्त रिटमा सुनुवाई गर्दै बिहीबार पूनरावेदनले चौधरीको बिस्कुट नकिन्न भनेको हो।

न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र शारंगा सुवेदीको इजलासले चौधरी गुप्रसँग सेनाको बिस्कुट किन्ने सम्झौता रिटको अन्तिम टुङगो नलागेसम्म कार्यान्वयन नगर्न भनेको छ। सार्वजनिक खरिद ऐन अनुसार अन्य कम्पनीसँग बोलकबोल गरी प्रतिस्पर्धाको आधारमा विस्कुट खरिद गर्ने कार्य भएको नदेखिएको भन्दै पुनरावेदनले रोक लगाउने आदेश गरेको हो। मंसीर २७ गते चौधरीको पशुपति बिस्कुट इण्डष्ट्रीले बाहेक कुनै पनि कम्पनीले सेनालाई चाहिने हाई इनर्जी बिस्कुट नेपालमा उत्पादन गर्न नसक्ने भन्दै विना टेण्डर ३ वर्षका लागि उसैसँग विस्कुट किन्ने सम्झौता भएको सूचना निकालेको थियो।

टेण्डर आह्वान समेत नगरि सम्झौता भएको सूचना जारी गर्नु सार्वजनिक खरिद ऐन विपरितको कार्य भएको भन्दै पुनरावेदले उक्त निर्णयलाई हाल जुन अवस्थामा रहेको छ त्यही स्थगित राख्न भनेको छ। खरिद ऐनको दफा ४१ को (१) (ग) र नियमावली २०६४ नियम ५८ (३क) नियम अनुसार चौधरीगुप्रसँग सम्झौता भएको सेनाको सूचनामा उल्लेख थियो। अदालतले भने प्रथम दृष्टीमै हेर्दा सेनाले ऐन नियमको गलत व्याख्या गरेको देखिएको छ।
From: http://www.nagariknews.com/main-story/story/52540.html