फेसबुक एकाउन्ट ह्याक भए के गर्ने?


एजेन्सी, माघ ६
फेसबुक एकाउन्ट ह्याक भई व्यक्तिगत विवरण चोरी हुने खतरा हुन्छ। यदि फेसबुक एकाउन्ट ह्याक भएको छ भने निम्न तरिकाले रिकभर गर्न सकिन्छ।


एकाउन्ट ह्याक भएको खण्डमा फेसबुकको ह्याक वेबसाइट 'https://www.facebook.com/hacked' मा जाने। त्यहाँ  'My account Is compromised' भनेर एउटा लिंक देखिनेछ। उक्त लिंकमा क्लिक गरेपछि नयाँ होम पेज खुल्नेछ। त्यसपछि आफ्नो युजरनेम (Username), इमेल वा फोन नम्बर मध्ये कुनै एकको बारेमा फेसबुकलाई जानकारी दिने। यसपछि फेसबुकले तपाईको एकाउन्ट सर्च गर्नेछ। सर्च रिजल्टमा आफ्नो एकाउन्ट सेलेक्ट गर्ने।

एकाउन्ट सेलेक्ट गरिसकेपछि फेसबुकको होमपेज खुल्छ। त्यसपछि आफ्नो पुरानो पासवर्ड राख्ने। धेरै जसो ह्याकरले पासवर्ड बदल्ने गर्छन्। पुरानो पासवर्ड राखीसकेपछि गलत पासवर्डको म्यासेज आउनेछ। म्यासेज प्राप्त भएपछि Reset Password भन्ने विकल्प छान्ने। फेसबुकले प्रयोगकर्ताको इमेलमा नयाँ पासवर्डको लिंक पठाउने छ। तर यदि ह्याकरले इमेल पनि परिवर्तन गरेको छ भने उक्त जानकारी प्रप्त हुने छैन।

इमेल परिवर्तन गरिएको खण्डमा 'No longer access to these' लिंकमा क्लिक गर्ने। त्यसपछि आफ्नो नयाँ इमेल एड्रेस राख्ने जसमा फेसबुकले नयाँ पासवर्डको लिंक पठाउने छ। प्राप्त भएको लिंकमा क्लिक गरेपछि स्क्रिनमा सेक्युरीटि प्रश्न आउने छ जुन एकाउन्ट बनाउने समयमा प्रयोग गरिएको थियो।

उक्त सेक्युरीटि प्रश्नको उत्तर दिने। यदि उत्तर आउँदैन भने 'Recover your account with help from friends'  मा क्लिक गर्ने। यसले तपाईको 'trusted contacts' का माध्यमबाट उक्त प्रश्नको उत्तर मिल्ने छ।

सबै प्रक्रिया पुरा गरेपछि आफ्नो नयाँ पासवर्ड राख्ने। पासवर्ड राखीसकेपछि फेसबुकले तपाईको इमेलमा रिकभर पासवर्ड लिंक पठाउने छ। इमेलमा गएर प्राप्त लिंकमा क्लिक गरेपछि एकाउन्ट रिकभर हुन्छ।
From: http://kinmel.setopati.com/suchana-prawidhi/32695/